भरतपुर- सामाजिक सञ्जालमा Oxford College of Engineering & Management (OCEM) सम्बन्धी दिएको अभिव्यक्तिपछि उत्पन्न विवादका बीच अविरल पोखरेलले माफी माग्दै स्पष्टीकरण दिएका छन्।
पोखरेलले यसअघि फेसबुकमार्फत कलेजलाई लक्षित गर्दै “सरकारी जग्गामा निर्माण” लगायतका विषय उठाउँदै प्रश्न गरेका थिए। उक्त पोस्टपछि कलेज प्रशासनले ती आरोपहरू निराधार, भ्रामक र संस्थाको प्रतिष्ठामा आघात पुर्याउने खालका भएको भन्दै खण्डन गरेको थियो।
विवाद चर्किएपछि पोखरेलले नयाँ विज्ञप्ति जारी गर्दै आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थाको बदनाम गर्नु वा सामाजिक सद्भाव बिगार्नु नभएको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमा आएका विभिन्न दाबीका आधारमा निष्पक्ष छानबिन हुनुपर्ने धारणा मात्र राखेको बताएका छन्।
तर आफ्नो अभिव्यक्तिका कारण कलेजको प्रतिष्ठामा असर परेको भए त्यसप्रति उनले क्षमायाचना गरेका छन्। साथै उनले उक्त पोस्ट हटाइसकेको जनाउँदै भविष्यमा पर्याप्त तथ्य नबुझी कुनै पनि विषयमा टिप्पणी नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अन्त्यमा पोखरेलले आफ्नो गल्ती स्वीकार गर्दै सबै पक्षसँग पुनः माफी मागेका छन्।




















उज्यालो खबर










