वैशाख – थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका छन्।शनिबारदेखि बिहानैदेखि त्यस क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन्।आजदेखि थापाथलीसँगै सिनामंगलको गैरीगाउँ, मनोहरा क्षेत्रको सुकुम्बासी वस्ती हटाउने भनिएको छ।
सरकारले सुकुम्बासी समस्या समाधानको विधि र प्रक्रिया ठाडै उल्लंघन गर्दै सुकुम्बासी वस्ती खाली गर्न लागेको हो।खाली गर्न नमाने प्रहरी र महानगर प्रहरीले संयुक्त रूपमा कारबाही गर्ने चेतावनी यसअघि नै दिइसकेको छ।शनिबार बिहानसम्म पनि थापाथलीका सुकुम्बासीहरूले सामान पोको पारिरहेका छन्।
केही मानिसहरूले शुक्रबार नै सामान सारिसकेका थिए। तर तत्काल कोठा नपाउनेहरू भने बस्तीमै थिए।बिहानैदेखि उनीहरूले सामान जम्मा पारिरहेका छन्।



















उज्यालो खबर










