×

नवलपरासी । पूर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोहीतर्फ आउँदै गरेको लु२ख २३५१ नं.को बस र ना.५ख २२७५ नं. को पिकअप गाडीलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

ट्रकले ठक्कर दिएपछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी  पश्चिमले ले जनाएको छ । बस काठमाडौंबाट रोल्पा जाँदै थियो ।दुर्घटनामा मृत्यु भएका एक जनाको मात्रै पहिचान भएको छ ।

उनी रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सनाखत भएको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ ।दुर्घटनामा घाइतेहरुको लुम्बिनी सिटी अस्पताल बुटवल र स्थानीय चिसापानी अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया