×

गैंडाकोट –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोट नगरपालिका–८ विजय चोकमा म्याजिक गाडीको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएकी छन्।

साँझ करिब ७:१७ बजे जयश्रीबाट कालिगण्डकी चोकतर्फ आउँदै गरेको लु.प्र.०१–००१च ११३७ नम्बरको म्याजिकले बाटो क्रस गरी किसानचोकतर्फ मोडिँदै गरेकी साइकलयात्री किरण सोनीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बाँके घर भई हाल गैंडाकोट–८ विजय चोक बस्दै आएकी अन्दाजी ३६ वर्षीया सोनी गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको र अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

दुर्घटनामा संलग्न म्याजिक, साइकल तथा चालक तनहुँ रिसिङ–घिरिङ गाउँपालिका–४ बस्ने २५ वर्षीय यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया