×

गैँडाकोट। लुम्बिनी ICT क्लबको आयोजनामा “इन्टर–कलेज ग्राफिक डिजाइन कम्पिटिसन – भोल्युम २” आयोजना हुने भएको छ। +2 तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आगामी फाल्गुन १० गते लुम्बिनी ICT क्याम्पस, गैँडाकोटमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

फोटोशपमार्फत सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा हेरिएको यस प्रतियोगितामा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने सहभागीहरूलाई रु. ३०,००० भन्दा बढीको पुरस्कार राशि प्रदान गरिनेछ। प्रतिभाशाली युवा डिजाइनरहरूलाई आफ्नो सीप देखाउने र प्रतिस्पर्धात्मक वातावरणमा अनुभव हासिल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले फाल्गुन ५ गतेभित्र (2082-11-05) दर्ता गरिसक्नुपर्नेछ। सिट संख्या सीमित रहेकाले छिटो दर्ता गर्न आयोजकले आग्रह गरेको छ। दर्ताका लागि उपलब्ध QR स्क्यान गर्न वा क्लबको आधिकारिक माध्यममार्फत सम्पर्क गर्न सकिनेछ।

लुम्बिनी ICT क्लबका अनुसार, यस्ता कार्यक्रमले सूचना प्रविधि तथा डिजाइन क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको प्रतिभा उजागर गर्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया