गैंडाकोट- त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार आफ्नो स्थापना दिवस मनाएको छ। संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा धार्मिक तथा बौद्धिक व्यक्तित्व नारायणप्रसाद पण्डितले स्वस्ती वाचन गर्दै दीप प्रज्वलन गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष कुलनाथ कंडेल, उपाध्यक्ष शंकर आचार्य, सचिव दोलराज पाण्डे, कोषाध्यक्ष विपिनभक्त अधिकारी, पूर्व अध्यक्ष रामप्रसाद शर्मा, सदस्यहरू सिताराम रिजाल, विनोद थापा लगायतको उपस्थिती रह्यो।
स्थापना दिवसको अवसरमा सहकारी संस्थाले सामाजिक उत्तरदायित्वका रुपमा गैंडाकोट–१ स्थित अपाङ्ग जीवन विकास संस्थामा आवासीय रुपमा रहेका ३० जनाका लागि एक छाक खाना बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ। उक्त सामग्री संस्थाका प्रमुख बालकृष्ण सापकोटालाई प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष कुलनाथ कंडेलले भने, “हाम्रो उद्देश्य केवल आर्थिक गतिविधिमा मात्र सीमित नरहेको, सामाजिक उत्तरदायित्व र मानव सेवा पनि हाम्रो प्राथमिकता हो।”
सहकारी संस्थाले हरेक वर्ष स्थापना दिवसमा समुदाय र आवश्यकता अनुसार सहयोग कार्यक्रम गर्दै आएको छ, जसले गैंडाकोट क्षेत्रको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।





















उज्यालो खबर










