×

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा कम्युनिष्ट दलबीच एकता गर्ने सहमति भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा  भएको छलफलपछि आठ दलका शीर्ष नेताहरूले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा. साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

यसअघि शुक्रबार मात्रै एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयअनुसार शनिबार पेरिसडाँडामा बसेको छलफलमा आठ दलबीच एकताको सहमति बनेको हो। माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका वाम तथा कम्युनिष्ट दलहरूसँग एकता गर्ने निर्णय शनिबारै गरेको थियो।

तपाईको प्रतिक्रिया