×

गैँडाकोट – गैँडाकोटमा भएको बृहत निःशुल्क स्वास्थ्य शिवरिबाट ३ सय ७ जनाले बिशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा लिएका छन् ।नवपारिजात टोल विकास संस्था र नवपारिजात महिला विकास समूहको संयुक्त आयोजनामा भएको सो शिवीरमा सुगर, प्रेसर, जनरल फिजीसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुतीसम्बन्धि बिशेषज्ञसहितको स्वास्थ्य सेवा ३ सय ७ जनाले लिएको नवपारिजात टोल विकास संस्थाका अध्यक्ष बृन्दा कँडेल सापकोटाले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष सापकोटाले टोल विकास र टोलबासीका लागि बिभिन्न निकायसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले समुदायमा स्वास्थ्य शिवीर हुनु र नागरिकले स्वास्थ्य सेवा पाउनु राम्रो पक्ष रहेको बताउदैँ नगरपालिकाले पनि स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर अगाडी बढेको बताउनुभयो ।

गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले कार्यक्रममा बोल्दै २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा टोल विकास र महिला समुहले जागरुकता जनाउन गरेको स्वास्थ्य शिवीर राम्रो रहेको बताउनुभयो ।चिकित्सकहरु प्रकाश कँडेल, सरिता जोशी, प्रितम चौधरी, नवराज लामिछाने रेडियोलोजिस्ट बिक्रान्त रिमाल लगायतको प्राबिधिक समूहले स्वास्थ्य जाँच गरेको थियो ।

नवपारिजात टोल विकास संस्थाका उपाध्यक्ष राम्जी गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ऋषिराम सापकोटा र उमा आचार्यले टोल विकास संस्था र महिला समुहको वारेमा जानकारी गराउनुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन नवपारिजात टोल विकास संस्थाका सचिव प्रमिला सापकोटाले गर्नुभएको थियो ।

सो शिवीरमा चितवन एभरेष्ट अस्पतालको चिकित्सकीय प्राबिधिक सेवा रहेको थियो यस्तै सहयोगी संस्थाहरुमा धौलागिरी फार्मेसी भरतपुर, सहज स्वास्थ्य सेवा क्लिनिक, गैँडाकोट, प्राप्ती मेडिकल हल रहेका थिए । सह आयोजकमा गैँडाकोट नमुना मावि गैँडाकोट नमुना जुनियर रेडक्रस सोसाइटी, इन्टयाक्ट क्लव अफ नमुना रहेका थिए ।

तपाईको प्रतिक्रिया