गैंडाकोट – प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा फागुन २ गते, शुक्रवारका दिन गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिने स्वास्थ्य सल्लाहकार चेतवहादुर सारु मगरले जानकारी दिए ।
विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्तिपटल प्रा.लि.भरतपुर रहेको शिविरमा फिजिसियन डा।भोजराज अधिकारी, डा.रिकेश सापकोटा, स्त्री तथा प्रसुति रोग विशषज्ञ डा।रामप्रसाद सापकोटा, डा.रमा घिमिरे र डेन्टल तर्फ डा।विवेक घिमिरेज्यूहरुको विशेषज्ञ टोलीहरुबाट स्वास्थ्य परीक्षण हुनेछ ।
यसैगरी सो शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्णलाई निशुल्क स्वास्थ्य परिक्षण तथा निश्ल्क औषधी उपलब्ध गराइने संस्थाका अध्यक्ष दुर्गाबहादुर पुन मगरले जानकारी दिए । शिविरमा सुगर परीक्षण, मुटु सम्बन्धी जाँच, नशा सम्बन्धी जाँच,फोक्सो सम्बन्धी जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण साथै भिडियो एक्सरेको सेवाहरु उपलव्ध रहेका छन् ।



उज्यालो खबर




