×

 

गैँडाकोट – लुम्बिनी आईसिटी इन्टर कलेज ग्राफिक्स डिजाइन प्रतियोगितामा अरोमा कलेजकी अविशा अर्याल प्रथम भएकी छन् ।गैँडाकोटको लुम्बिनी आईसिटी क्याम्पसको लुम्बिनी आईसिटी क्लबले आयोजना गरेको सो प्रतियोगितामा अर्याल प्रथम भएकी हुन् ।

प्रथम भएसँगै उनले पन्ध्र हजार नगदसहित ट्रफी प्राप्त गरेकी छन् । त्यस्तै सनराइज इंग्लिश स्कूलका कृतज्ञ आचार्य दोस्रो र अङ्कुरम एकेडेमीका सौर्य पौडेल तेस्रो भएका छन् । दोस्रो भएका आचार्यले बाह्र हजार नगद र ट्रफी तेस्रो भएका पौडेलले आठ हजार र ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगितामा चितवन र नवलपुरका १८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । जसमा १ जना छात्रा र १७ जना छात्रले प्रतिस्पर्धा गरेका थिए ।उनिहरुले तयार पारेका ग्राफिक्स डिजाइनलाई ३ जना निर्णायकबाट छनोट गरिएको लुम्बिनी आईसिटी क्याम्पसका प्राचार्य प्रताप कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया