गैँडाकोट– नेपाल जेसिजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा नवलपुरको गैँडाकोटका गणेश सापकोटा विजयी भएका छन् । सापकोटा देवचुली जेसीजका वर्ष २०२३ का शाखा अध्यक्ष हुन् । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसीज बर्ष २०२५का लागि राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा सापकोटा विजयी भएका हुन् ।
राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदका लागि सापकोटासँगै देशैभरका ८ जना चुनाबी प्रतिस्पर्धामा रहेका थिए, जसमध्ये ४ जना निर्वाचित भएका हुन् । गैँडाकोट १६ निवासी जेसी सापकोटाले सर्वाधिक ७८५ मत प्राप्त गरेका छन् ।
यसैबिच जेसीज निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसीजबाट रजनी थापा निर्वाचित भएकी छन् । त्यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि चितवनकै गीतानगर जेसीजका जेसी कृष्ण सापकोटा विजयी भएका छन् । जेसिज १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो ।



उज्यालो खबर




