– विष्णु प्रसाद ढकाल
गजल नं १.
पिंजडामा पर्याे चरि न रमाउन सक्छ न पखेटा फिजाउन सक्छ,
कति कठाेर बन्न सक्याै तिमिलाई पनि समयले गिजाउन सक्छ ।
साबुन हराउछ विलाउछ बदला दिन्छ चम्किलाे लुगा शरिरमा,
हाे थाहा छ सत्य वचन खिल जस्तै विजाउन सक्छ ।
जे देख्याै त्याे सांचाे थिएन सत्य खाेज्ने काेशिष गरेनाै,
बिना श्रम छटपटिकाे पसिनाले पनि शरीर भिजाउन सक्छ ।
आफ्नै मन भुलाउनु जस्ताे कठिन केही रहेनछ दुनियाँमा ,
तिमी आफै भन आफ्ना पराई सबकाे मन कसले रिजाउन सक्छ?
हासाेकाे पात्र बनें हिजाे अल्झिएर खाडलमा परेकाे थिएँ,
बेकसुर कारागार परेकाे मान्छे पनि छुटकारामा फुलमाला लाउन सक्छ ।
गजल नं २
हिजाे संगसंगै थियाै भान्सामा खिर परेकाे बेला,
खै देख्दिन अगाडि यात्रामा भिर परेकाे बेला।
आफ्नाकाे भेषमा दुस्मन कसरी चिन्नु आमा,
चाेटै चाेटले फुटेकाे तक्दिर परेकाे बेला ।
खुसिका सन्दुक संगै भरेकाे बिर्सिएछाै क्यारे ,
कहिल्यै साथमा हुदिनाै मनमा पिर परेकाे बेला ।
सफलता चुम्छ मान्छे त्यसकै आधार बिर्सन्छ अचेल,
चटक्कै हात छाडिदियाै तरबारमा मेराे शिर परेकाे बेला ।
बिन्ति यति मान्दिनु दुनियाँ नहसाउनु प्रिया,
नमुस्काउनु छातिमा मेराे फुल र अबिर परेकाे बेला ।
गजल न ३.
मनमा तिमी जस्तै आकार बनेकाे छ,
तिम्रै नेतृत्वकाे दिलमा सरकार बनेकाे छ।
जीवनभर तिमिलाईनै मनाउने प्रयास हुनेछ ,
हुन्छ भनेकाे दिन साेच्छु जीवन साकार बनेकाे छ ।
जसरि भएपनि समय बिताउनु छ तिमी संग,
कल्पनाकै भएपनि साथ यादगार बनेकाे छ ।
आँसु पुछ्ने मफलर बन्न सकुं लाग्छ तिम्राे,
व्यक्त गर्नै सक्दैन मन लाचार बनेकाे छ ।
जुगाैं खुसि राख्न सक्ने मायाकाे दाेकान थियाे म संग,
विडम्बना आज बजारमा अर्कैकाे व्यापार बनेकाे छ ।
(विष्णु प्रसाद ढकाल, रचनाकार ढकाल नवलपुरकाे गैँडाकाेट नगरपालिकामा कार्यरत हुनुहुन्छ ।)



उज्यालो खबर




