गैँडाकोट – नेकपा एमाले गैँडाकोट वडा नं. २ को अध्यक्षमा शिवप्रसाद भूसाल निर्वाचित भएका छन् । पार्टीको शनिवार सम्पन्न दोस्रो वडा अधिवेशनले भूसालको अध्यक्षतामा नयाँ वडा कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा प्रदिप तामाङ, सचिवमा यू कुमारी शर्मा (अनिता), उपसचिवमा तुलसीराम पोखरेल र गिता घिमिरे रहनुभएको छ ।नवनिर्वाचित अध्यक्ष भूसालले पार्टीलाई चलायमान बनाउन आफु नेतृत्वको टिमले सक्दो प्रयास गर्ने बताए ।



उज्यालो खबर




