गैँडाकोट । नवलपुरको गैँडाकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ स्थित भित्री सडकखण्डमा ना ३६ प ६४१३ र ना १६ प ३८४८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।
घाइतेहुनेहरुमा ना ३६प ६४१३ नम्बरको मोटरसाइकल चालक गैँडाकोट २ बस्ने बर्ष ३७ का यमनाथ पौडेल र सोहि मोटरसाइकलमा सवार सोहि स्थानका २३ वर्षका विपुल श्रेष्ठ रहेको नवलपुर प्रहरीले जनाएको छ । घाइते दुवै जनाको भरतपुरको एलाईभ अस्पतालमा उपचार भैरहेको छ ।



उज्यालो खबर




