×

 

गैँडाकोट । नेकपा एमाले गैँडाकोट नगर कमिटिको दोस्रो अधिवेशन अन्तर्गत बिहीवार विहान ८ वजेदेखि मतदान प्रकृया सुरुहुने भएको छ । बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म फेम्ली क्याफेको सभाहलमा मतदान चल्ने निर्वाचन अधिकृत रमेश काफ्लेले जानकारी दिनुभयो ।

निर्वाचन समितिले मतदानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । अध्यक्ष पदमा र श्रीराम सुवेदी र कृष्ण कंडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।नयाँ नेतृत्व चयनका लागि ३३० जनाले मतदान गर्नेछन् ।

उपाध्यक्ष पदमा सरस्वती उपाध्याय र गोविन्द प्रसाद सुवेदी, सचिवमा भूमिश्वर भूसाल (राजु)र कमल बहादुर पाठकबीच प्रतिष्पर्धा हुने भएको छ । उपसचिव पदमा सविता सापकोटा, नरबहादुर थापा (नरेश) र गोमा पौडेल मध्ये दुई जना चयन गर्नुपर्नेछ ।

खुल्ला सदस्य ६ पदका लागि लक्ष्मी कमली, विमल आचार्य, प्रेम कुमार शर्मा पौडेल, देशवन्धु सिग्देल, सुभद्रा आचार्य, पार्वती पोख्रेल, प्रकाश भुसाल र योगमाया अधिकारीको उमेदवारी रहेको छ ।

तपाईको प्रतिक्रिया