गैँडाकोट- सर्वसाधारणलाई स्वस्थ बनाई सभ्य समाजको निर्माण गर्ने उदेश्यले चितवनको भरतपुरमा योगा हाउस सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर आयलको पछाडि सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टर सञ्चालनमा आएको हो ।
सेन्टरको शुक्रबार एक समारोहका विच चितवन जिल्ला आयूर्वेद अस्पातलका प्रमुख डा. कोपिला अधिकारी र संस्थाका संरक्षक महेन्द्र प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सर्वसाधरणहरुलाई शारिरिक मानसिक र भावनात्मक रुपले तन्दुरुस्त बनाई स्वस्थ समाजको निर्माण गर्नका लागि वेलनेस सेन्टर सञ्चालनमा आएको सञ्चालक तथा योग प्रशिक्षक मनोपरामर्शदाता कृतिका ढकाल ले जानकारी दिनुभयो ।
युवाहरुमा अध्यात्मिक चेतनाको विकास गर्दै शारिरिक र मानसिक रुपमा बलियो बनाउदै स्वस्थ राख्नका लागि सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टरले प्रभावकारी भूमिका खेल्ने ढकालले विश्वास व्यक्त गर्नुभयो ।
संस्था स्थापनाको अवसरमा सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टरले बैशाख महिनाभर भर्ना हुन आउनेहरुका लागि ५० प्रतिशत छुटको विशेष अफर समेत ल्याएको छ । विहान र साँझ गरि २ चरणमा योगका कक्षाहरु सञ्चालन हुने सोहम योग काउन्सीलिङ एण्ड वेलनेस सेन्टरले जनाएको छ ।



उज्यालो खबर




