नवलपुर – पूर्वी नवलपरासीको मध्यविन्दुमा रहेको लिटिल फ्लावर स्कुलको आयोजनामा पुरस्कार वितरण तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । एकवर्षको अवधिमा स्कुलमा आयोजना भएका विभिन्न अतिरिक्त कृयाकलाप तथा खेलकुदमा सहभागि भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
स्कुलका प्रचार्य फादर रोवी केयू का अनुसारका विद्यालयका ४८ जना विद्यार्थीहरुलाई मेडल र ट्रफिले पुरस्कृत गरिएको हो । स्कुलका विद्यार्थीहरुले नृत्य,गायन,चित्रकला,हस्तकला, बक्तृत्वकला सहित विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए ।
पुरस्कार वितरण कार्यक्रमका अध्यक्ष समेत रहनुभएका स्कुलका प्रचार्य फादर रोवी केयू र लिटिल फ्लावर स्कुल नारायणगढका प्लस २ संयोजक कृष्ण ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैविच विद्यालयले शिक्षक र अभिभावकहरुका विचमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्याललयले आगामी दिनमा गर्नुपर्ने शैक्षिक सुधारका कामहरु तथा विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारेमा अभिमूखिकरण गरिएको हो ।
अभिभावकको तर्फबाट धारणा राख्दै चिन्तामणी महतोले स्थापना भएको छोटो समयमा नै लिटिल फ्लावर स्कुलले सबैको मन जित्न सफल भएको बताउनुभयो । ससना नानीबाबुहरुको उज्वल भविष्य निर्मााणको लागि स्कुलले मेहनत गरिरहेको भन्दै यसमा अभिभावकहरुले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
स्कुलका प्राचार्य फादर रोवीले मध्यविन्दुको सेहरीमा जन्मिएको लिटिल फ्लावर अहिले बालक अवस्थामै रहेको भन्दै यसलाई हुर्काउन र बढाउन अभिभावक र शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।गुणस्तरीय शिक्षाका लागि स्कुलले आगामी दिनमा आधुनिक तवरको अध्यापन विधी अपनाउने र शिक्षकहरुलाई समेत समय अनुसार तालिमको प्रवन्ध गर्ने बताउनुभयो । उहाँले स्कुलका भावि योजनाहरुका बारेमा समेत अभिभावकहरुmलाई जानकारी गराउनुभएको थियो ।





उज्यालो खबर




