भरतपुर महानगरपालिका वडानम्बर १३ राईनोकुञ्जमा मंगलबार वन डढेलो नियन्त्रण तथा अग्नी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएकोछ। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवन को आयोजना र वडा नम्बर १३ को आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो। बेलशहर मध्यवर्ती सामुदायिक वन को परिसरमा प्रशिक्षण प्रदान गरिएको थियो।
समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा सञ्जाल मृगकुन्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलो का कारण डढेले बाट हुने विपत र यसको समाधान बाहेक प्रशिक्षण र फिल्ड अभ्यास गराउन भएको थियो। चितवन राष्ट्रिय निकुञ्ज का रेन्जर सुमन भट्टराई ले बनमा आगजनी गर्ने लाई हुने कानुनी कारबाही बारे बताउनु भयो।सोहि कार्यक्रम मा महादेव रानाभाटको संयोजकत्वमा सत्र जनाको अग्नी नियन्त्रण दस्ता गठन गरिएकोछ। दस्ता लाई भरतपुर १३ का वडा सदस्य चेत बहादुर तामाङ ले अग्नी नियन्त्रण मा सशक्त लाग्न अनुरोध गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर वडानम्बर तेह्र का वडाध्यक्ष प्रकाश दवाडीले बन सम्पदा संरक्षणले मानव हित गर्ने भएकोले सबै सचेत भएर लाग्न जरूरी रहेको बताउनु यो। लुकीछिपी वन , नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न सबैलाई अनुरोध गर्नु भयो।अध्यक्ष दवाडीले भन्नु भयो आगोले मानिस ले आधुनिक विकास गर्न सक्यो तर यसको दुरुपयोग ले विनाश पनि हुन्छ।
वनमा जाँदा चुरोट सल्काउने जथाभावि फाल्ने कार्य गर्न भएन,वन मा घाँस को पालुवाको लोभले डढेलो लगाउन हुँदैन,केहि गरी आगो बस्तीमा पुगे धन जनको ठूलो क्षती पनि हुने हुँदा सबै ले गम्भीर हुनुपर्छ। वन सिमसार र वन्यजन्तुलाई संरक्षण गर्न सकिय पर्या पर्यटन को माध्यमबाट आय आर्जन गर्न सकिने हुँदा वन जोगाउन आवश्यक रहेको दवाडीले बताउनु भयो।
कार्यक्रम मा उपलब्ध अग्नी नियन्त्रण का सबै सामाग्री प्रमुख अतिथि दवाडीले बेलशहर मध्यवर्ती सामुदायिक वन का अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गर्नु भएकोछ। कार्यक्रम का संयोजक महादेव रानाभाट को सभापतित्वमा सम्पन्न गरिएको थियो।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान का संस्थापक अपिल घिमिरेले सहयोगी संस्था र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भयो।यो बर्ष को बार्षिक क्यालेन्डर अनुसार को दोश्रो कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनु भयो।



उज्यालो खबर




