×

गैँडाकोट । श्रीनगर महिला विकास संस्था गैँडाकोट २ को पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनले आगामि २ वर्षका लागि भूमादेवी सापकोटाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा विमला गिरी, सचिवमा संगिता रानाभाट, कोषाध्यक्षमा सुजिता न्यौपाने ,सहसचिवमा हरिमाया पौडेल र सदस्यहरुमा सिता नेपाल, सपनम खातुन, दुर्गादेवी सापकोटा,कलादेवी सापकोटा, मुना श्रेष्ठ, देवी घिमिरे र विष्णु सुवेदी (पौडेल) चयन हुनुभएको निर्वाचन समितिका संयोजक यु कुमारी शर्मा (अनिता) ले जानकारी दिनुभयो ।

श्रीनगर महिला टोल विकास संस्थाका अध्यक्ष विजया काफ्लेको अध्यक्षता तथा गैँडाकोट वडा नं. २ महिला सञ्जालका अध्यक्ष पार्वती लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन शत्रमा गैँडाकोट २ का वडा सदस्य खगराज आचार्य, श्रीनगर टोल विकास संस्थाका अध्यक्ष खडानन्द काफ्ले, पारिजात महिला समूहका अध्यक्ष उमा आचार्य लगायतका अतिथिहरु रहनुभएको थियो ।

सर्वसम्मत रुपमा निर्वाचित महिला समूहका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक यू कुमारी शर्मा (अनिता) ले सपथ गराउनु भएको थियो । कार्यक्रको सञ्चालन र सहजीकरण श्रीनगर टोल महिला विकास संस्थाका सचिव रिता आचार्यले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया