×

गैँडाकोट । नवलपुरको गैँडाकोट २ मा अवस्थित अक्सफोर्ड सेकेन्डरी स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न गरिएको छ । विहान सातवजेदेखि दिउसो ४ वजेसम्म विद्यालयमा वैदिक विधि अनुसार सरस्वतीको विशेष पुजा अर्चना सम्पन्न भएको विद्यालयका माध्यामिक तक प्रमुख कमलप्रसाद वाग्लेले बताउनुभयो ।

यसैविच श्रीपञ्चमीको अवसरमा स्कुलमा नानी बाबुहरुको अक्षरआरम्भ समेत गराइएको छ । प्ले ग्रुपमा भर्ना भएका ८० जना विद्यार्थीहरुलाई आजै देखि अक्षरआरम्भ गराइएको हो । आगामी शैक्षिक सत्रदेखि अक्सफोर्ड सेकेन्डरी स्कुलले नयाँ भवनबाट अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने योजना बनाएसँगै आफुहरुल अक्सफोर्ड स्कुलनै रोजेको अभिभावकहरुको भनाइ थियो । सरस्वती पुजा तथा भर्ना कार्यक्रमको सहजीकरण स्कुलका लेखा शाखा प्रमुख नारायण सिग्देलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया