×

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको नारायणी इङ्लिस पब्लिक स्कुलको प्लस टु तर्फको सप्ताहब्यापी खेलकुद कार्यक्रम सुरु भएको छ ।आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि सप्ताहव्यापी खेलकुद कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा प्याब्सन भरतपुर माहानगरका उपाध्यक्ष इन्द्रेश शाह प्रमुख अतिथी रहनु भएको थियो ।

विद्यालयका प्राचार्य बेदराज नौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइतबार भएका सम्पुर्ण खेलहरुको पुरस्कार बितरण जनोदय टोल बिकास सस्थाका अध्यक्ष बिष्णु बगालेले गर्नु भएको थियो । आइतबार भलिबल, सटपुट, लुडो लगायतका खेलहरु सम्पन्न भएका थिए ।
एक सातासम्म संचालन हुने कार्यक्रम मा कुल १८ वटा खेलहरु समाबेस हुने र कार्यक्रम शुक्रबार सम्म चल्ने प्लस टु संयोजक जनक राज घिमिरे ले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया