×

चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनद्धारा आयोजित ‘एक्सपर्ट क्यानडा–युएसए एजुकेशन फेयर–२०२४’ मा विद्यार्थीको आकर्षण देखिएको छ ।उच्च शिक्षा अध्ययनका लागि क्यानडा र अमेरिका जान चाहने विद्यार्थी लक्षित आयोजित फेयरमा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । विद्यार्थी क्यानडासंगै युएसएका लागि बढी उत्सुक देखिएका थिए ।

पछिल्लो समय अष्ट्रेलियाले विद्यार्थी भिषामा कडाई गरेसंगै विद्यार्थीहरु क्यानडा र अमेरिका केन्द्रित भएका हुन् । फेयरमा सहभागि विद्यार्थीहरले क्यानडा र युएसएका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा बुझ्न पाउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिएका थिए ।
एक्सपर्टको आफ्नै कार्यालय भरतपुर–१०,स्थित बेस क्याम्पमा शुक्रबार आयोजित क्यानडा–युएसए एजुकेशन फेयर विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म चलेको थियो ।

एक्सपर्ट चितवनका निर्देशक डिल्ली राम अधिकारीले विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष रुपमा परामर्श लिन पाएको भन्दै आगामि दिनमा पनि विद्यार्थीहरुको सहजताका लागि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए ।पछिल्लो समय नेपाली विद्यार्थीहरुको अर्को रोजाइको गन्तव्य क्यानडा र युएसए पर्न थालेकाले सही परामर्शका लागि फेयर आयोजना गरिएको हो । फेयरमा क्यानडा र युएसएका ४१ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएसरपीटीइ कक्षासमेत संचालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया