×

रत्ननगर । चितवनको रत्ननगर स्थित टाँडीमा हुने पाँचौ रत्ननगर सांस्कृतिक खाना महोत्सवको तयारी तीब्र पारिएको छ । रत्ननगर महोत्सव अन्तर्गत पौष २९ गतेदेखि माघ ४ गते सम्म सौराहाचोक र टाँडीचोकको बीचमा रहेको बसपार्कको खालीचौरमा खाना महोत्सव हुँदै छ ।

३२ वटा स्टल रहने खाना महोत्सवमा दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।महोत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुको परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञान बहादुर विसुरालले जानकारी दिए । रत्ननगर महोत्सव टिकौली चौरमा २६ गते उद्घाटन हुँदै छ ।

टिकौलीमा महोत्सव गर्दा टाँडी बजार अझेलमा पर्न नदिन साँस्कृतिक खाना महोत्सव गरिएको विसुरालले जानकारी दिए । खाना महोत्सवका स्थानीय खानाको परिकारको बजारीकरणमा जोड दिइएको छ । दिउसो टिकौली स्थित महोत्सवमा रमाउने र साँझ टाँडीमा गीत संगित तथा खानाका परिकारको स्वादको मज्जा लिने गरी खाना महोत्सव गरिएको हो ।

रत्ननगर महोत्सव पौष २६ गते राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल समारोह समितिका संयोजक शंकर गिरीले जानकारी दिए । यस पटकको महोत्सवमा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया