चितवन। ग्लोबल आइएमई बैंक नारायणगढले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । बैंकको १७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरि ८५ जनाले रक्तदान गरेको नारायणगढ शाखाका प्रमुख धिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बैंकका भरतपुर र नारायणगढका सातवटा शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत् समेत बैंकिङ सेवा दिइरहेको छ।



उज्यालो खबर




