×

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) गैँडाकोट नगरपालिका वडा नं. १ को प्रथम अधिवेशनले गणेश घिमिरेको सभापतित्वमा सात सदस्यीय वडा समिती चयन गरेको छ ।वडा समितीका सदस्यहरुमा इन्द्रकान्त रेग्मी, प्रकाश घिमिरे, मेघनाथ अधिकारी, भोजराज भुषाल, मेनुका पोखरेल र लक्ष्मी थापा रहनु भएको छ ।

रास्वपाका अनुसार उपसभापति, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरु पछि चयन गर्ने कार्यक्रम छ ।रास्वपाले गैँडाकोट वडा नं. २ र १३ मा पौष २१ गते वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया