×

गैँडाकोट । अखिल नेपाल महिलासंघ गैँडाकोट वडा नं. १ को चौथो अधिवेशनले पून: पूर्णकला पौडेल (बसन्ती) को अध्यक्षतामा १६ सदस्यीय वडा कमिटी चयन गरेको छ । अखिल नेपाल महिलासंघ नवलपुरका इन्चार्ज सिता खड्काको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष कोपिला पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गोमा पौडेल, सचिवमा मनुमाया बानिया, कोषाध्यक्षमा दिपीका अधिकारी र उपसचिवमा गिता उपाध्याय चयन हुनुभएको छ । त्यसैगरी कमिटीको सदस्यहरुमा सरिता आचार्य, सावित्री अधिकारी, इन्द्रमाया मल्ल (ठकुरी) छलिमाया बिक, अर्चना पोखरेल (कोइराला) मिना सारु (मगर) , दिपा पौडेल, इश्वरी तिमिल्सीना, सितादेवी उपाध्याय (पोखरेल) रेनुका न्यौपाने र आशा मगर रहनु भएको छ । नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई आजै कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल महिला संघ नवलपुरका इन्चार्ज सिता खड्काले सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा अनेमसंघका जिल्ला ईन्चाज सिता खड्का, जिल्ला अध्यक्ष कोपिला पौडेल, एमाले नेता कृष्ण घिमिरे, गैँडाकोट वडा नं. १ का सदस्य चेलीमाया सारु मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा नेकपा एमाले नवलपुरका सहसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य दिनेशराज न्यौपाने, अनेमसंघका जिल्ला उपाध्यक्ष सरस्वती उपाध्याय, एमाले नगर अध्यक्ष षडानन्द लामिछाने, अनेमसंघ नगर अध्यक्ष चेतना अर्याल, युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल, एमाले गैँडाकोटका युवा नेता धुव्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया