×

नारायणगढ  । देउराली बचत तथा ऋण सहकारी संस्था भरतपुर ३ ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम मा ५२ जनाले रक्तदान गरेका छन्  । भरतपुर महानगरपालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा  आयोजित सो कार्यक्रम संस्थाका अध्यक्ष नवीन रिजालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सह सचिव यादव रिमालको संयोजकत्व मा आयोजित कार्यकममा वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक वसन्त पाण्डे, सल्लाहकार गुमानसिंह खड्का, संस्थाका परिकल्पनाकार एबं सल्लाहकार अर्जुन अधिकारी, लेखा संयोजक महादेव पौडेल, उपाध्यक्ष केदारनाथ गौतम, बारघरे टोल विकास संस्थाका कार्यबाहक अध्यक्ष दुर्गा पाण्डे लगायत स्थानिय संघ संस्थाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो । वि. स २०६६ साल मा स्थापित सो संस्था ले बार्षिक कार्यक्रम अन्तर्गत सो कार्यकम आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया