भरतपुर । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको आयोजना तथा जिल्ला स्कुल विभाग चितवनको संयोजनमा मंगलबार भरतपुरमा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर इन्चार्ज जेएन थपलियाको प्रमुख आतिथ्यता र महानगर अध्यक्ष शंकरराज थपलियाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले प्रशिक्षणबाट सिकेका विषयवस्तुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका थिए ।
सो अवसरमा प्रशिक्षकहरु पार्टी प्रदेश कमिटी सदस्यद्वय लक्ष्मीकान्त चालिसे र मुकुन्दराज दाहाल, जिल्ला स्कुल विभागका प्रमुख गोपी नेपाल र पार्टी जिल्ला कमिटीका सदस्य एवम् मुक्ति समाज चितवनका अध्यक्ष मीनबहादुर विश्वकर्माले समसामयिक राजनीतिक विषयवस्तुका बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा भरतपुर महानगरभित्रका १२ वटा वडाका पदाधिकारी एवम् अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । महानगर कमिटीले भरतपुरलाई तीन क्षेत्रमा विभाजन गरी फरक फरक मितिमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष थपलियाले जानकारी दिए ।
जिल्ला स्कुल विभागले जिल्लाका सबै वडामा पुग्ने गरी पालिकागत हिसाबले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै लैजाने योजना बनेको विभागका प्रमुख गोपी नेपालले बताए ।



उज्यालो खबर




