गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल हाम फालेकी एक महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ५ घर भएकी ३१ बर्षिया संगिता कुमारी साह रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान पाने १२ वजे हाम फालेर गम्भिर घाइते भएकी उनको उपचारको क्रममा उनको १२ः३५ वजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।



उज्यालो खबर

