चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको सरुवा भएको छ । १७ महिना अघिदेखि रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदीको बन मन्त्रालयमा सरुवा भएको हो ।
सुवेदीको सरुवा भएसँगै रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् । ठुलीभेरी नगरपालिका डोल्पामा कार्यरत लम्सालको रत्ननगरमा सरुवा भएको स्रोतले बताएको छ ।
रत्ननगर आउन लागेका लम्सालसँग चितवनकै इच्छाकामना गाउपालिका र राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा महानगरको प्रशासकीय अधिकृतको रुपमा काम गरेको अनुभव छ ।



उज्यालो खबर




