भरतपुर । भरतपुर महानगरपालिका–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले आफ्नो तलबले कम्मल किनेर विपन्न परिवारलाई वितरण गरेका छन् । निर्वाचनका बेला जनतासँग गरेको वाचा अनुसार उनले आफ्नो पारिश्रमिक सामाजिक सेवामा खर्चिएका हुन् । २०७९ सालको निर्वाचनबाट काफ्ले दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
राष्ट्रिय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका काफ्लेले विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर ५० विपन्न परिवारलाई कम्मल वितरण गरेका हुन् । जाडोमा विपन्न परिवारका नागरिकलाई न्यानो होस् भन्ने उद्धेश्यले कम्मल वितरण गरेको उनले बताए । आफुले पाउने वडाध्यक्षको पारिश्रमिक विभिन्न सामाजिक कार्यमा खर्चिले उनले प्रतिबद्धता जनाएका थिए ।
‘मैले वडाध्यक्षको रुपमा पाउने पारिश्रमिक आफ्नै वडाको जनतालाई मायाको चिनोका रुपमा खर्चिएको हुँ’, उनले भने, ‘यसअघि पनि भूकम्प पिडित र असहाय बालबालिकाहरुको लागि सहयोग गरिसकेको छु ।’ जाडोको समयमा मायाको चिनोको रुपमा न्यायो कपडा बाँडेको उनले बताए ।



उज्यालो खबर




