×

गैंडाकोट । गैंडाकोटमा रहेको  मौलाकालिका मन्दिरलाई ग्लोबल आइएमई बैंकले पैसा गन्ने मेशिन सहयोग गरेको छ । मन्दिर परिसरमा आयोजित एक समारोहका बीच बैंकका गैंडाकोट शाखा प्रमुख किसन श्रेष्ठले धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका कोषाध्यक्ष सुवन ढकाललाई मेशिन हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै कोषाध्यक्ष ढकालले मन्दिरमा भक्तजनबाट दैनिक संकलन हुने भेटीको पैसा गन्न सहजताका लागि अत्यावश्यक रहेको मेशिन प्रदान गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेल, प्रोजेक्ट मेनेजर विजय पौडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका केशव प्रसाद सापकोटा, मन्दिरका व्यवस्थापक मोती भण्डारी, सह व्यवस्थापक छवि खनाल लगायतले बैंकको यस कार्यप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले मन्दिरको दैनिक व्यवस्थापकीय कार्यसंचालनमा सहजता हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया