×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वनमा रुखमा झुन्डिरेहको अवस्थामा मृत भेटिएकी महिलाको सनाखत भएको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ शान्तिनगर टोल बस्ने ४८ वर्षीया सरस्वती न्यौपानेले मौलाकाली फेदीमा रहेको बनभोज स्थल भन्दा तलको खोल्सामा सालको रुखमा झुन्डिएर आत्महत्या गरेको खुलेको हो ।

दिउसो २ वजे आफन्तको घरमा जान्छु भनेर घरबाट हिडेकी न्यौपाने जंगलमा पुगेर आत्महत्या गरेको बुझिएको छ ।अपरान्ह ४ वजेतिर बाख्रा चराउन गएका बालकहरुले सालको रुपमा महिला झुन्डिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

न्यौपानेको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख हस्त बहादुर सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया