×

चितवन । अंकुरम् एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छात्र निराजन पौडेल अन्तर्राष्ट्रिय स्क्राबल  प्रतियोगितामा छनौट भएका छन् ।२२ जिल्लाका १३२ जना प्रतियोगीहरुसँगको प्रतिस्पर्धामा छनौट भई आगामी माघ ५ र ६ गते काठमाण्डौमा आयोजना हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगितामा अन्य राष्ट्रका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नेछन्।

सबैभन्दा कम उमेरका खेलाडीु को रुपमा समेत उनले पुरस्कार प्राप्त गरेका छन्।स्क्राबल  क्लब, पोखरा र लोटस एकेडेमी, बाराद्वारा आयोजित यस प्रतियोगितामा २२ जिल्लाका १३२ विद्यार्थीको बीचमा प्रतिस्पर्धा रहेको थियो ।स्क्राबल  खेल अंग्रेजी अक्षरहरुको संयोजनमा शब्द निर्माण गरी खेलिने बौद्धिक हो।

तपाईको प्रतिक्रिया