गैँडाकोट । माछा मार्न नारायणी नदीमा गएका एक बृद्ध गोहीको आक्रमणबाट गम्भिर घाइते भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. १५ धकाडी घर भएका ६२ वर्षका पुर्णबहादुर कुमाल गोहीको आक्रमणबाट गम्भिर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दिउसो सवा ३ वजे नारायणी नदीमा माछा मार्ने क्रममा गोहीले कुमाललाई आक्रमण गरेको थियो । उनको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।



उज्यालो खबर




