×

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । असोज १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको हो ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुई दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।

केबलकारको नियमित सेवा असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउने छ ।

तपाईको प्रतिक्रिया