चितवन ।स्मल हेभन मोडेल स्कूलमा एस क्यू सी चितवन हबको आठौं हब कन्भेन्सन सम्पन्न भएको छ। क्वेष्ट नेपालका वरिष्ठ उपाध्यक्ष नारद कुमार रिजालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम चितवन हब संयोजक ओमराज मैनालीको सभापतित्वमा भएको थियो। सैनिक आवासीय महाविद्यालयका प्राचार्य तथा क्वेष्ट-नेपालका पूर्व कार्यसमिति सदस्य बाबुराम बन्जाडेको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रमका सह-आयोजक स्मल हेभन मोडल स्कूलका प्राचार्य विमल कुमार क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए।
गैंडाकोट इंगलिस स्कूलका प्राचार्य हिरालाल अर्याल, अर्किड स्कूलका प्राचार्य डा. खेम आचार्य, सैनिक आवासीय महाविद्यालय हब संयोजक जीवनाथ तिमिल्सिना, स्काइराइडर आमाविका परियोजना प्रमुख गोपीलाल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।विशिष्ट अतिथि बाबुराम बन्जाडे र प्रमुख अतिथि नारद कुमारले विद्यार्थीको सर्वांगीण विकास तथा गुणीय व्यक्तित्व निर्माणमा एस क्यू सी को अहं भूमिका हुने भएकोले हरेक विद्यालयमा एस क्यू सी अनिवार्य हुनुपर्ने कुरामा जोड दिए।
एस क्यू सी मास्टर ट्रेनर प्रतीक्षा श्रेष्ठले सन्चालन गरेको उक्त कार्यक्रममा चितवन हब समितिका सदस्यहरु दीपा भट्टराई र खेमलाल पहारीले सहजीकरण गरेका थिए।१८ वटा विद्यालयबाट १६३ जना विद्यार्थीहरुको सहभागिता रहेको यस अधिवेसनमा केस स्टडी प्रेजेन्टेसन, प्यानल डिस्कसन, कोलाज आर्ट, कथा लेखन, स्टोन आर्टु, म्यूरल (भित्तेचित्र प्रतियोगिता) मिश्रित समूह निर्माण गरी प्रतिस्पर्धा गराइएको थियो।
अंकुरम् एकेडेमी, स्मल हेभन मोडेल स्कूल, गैंडाकोट इंगलिस स्कूल, अर्किड स्कूल, नारायणी इंगलिस पब्लिक स्कूल, स्काइ राइडर इंगलिस बोर्डिंग स्कूल, उषा इंगलिस बोर्डिंग स्कूल, वाल्मिकी शिक्षा सदन, स्टेप बाइ स्टेप इंगलिस बोर्डिंग स्कूल, आरम्भ स्कूल, कावासोतीले समूहगत केस स्टडी प्रेजेन्टेसनु दिएका थिए भने सहभागी सम्पूर्ण विद्यालयले प्यानल डिस्कसन, कोलाज आर्ट, स्टोरी फर्मेसन, स्टोन आर्ट, म्यूरल आर्ट (भित्तेचित्र) मा अब्बल प्रस्तुति पदर्शन गरेका थिए।
मिश्रित समूहगत रुपमा प्रतिस्पर्धा रहेको यस कार्यक्रममा अधिकांश विद्यार्थीहरु पुरस्कृत भएका थिए। अंकुरम् एकेडेमीका विद्यार्थीहरुले सम्पूर्ण सहभागीहरुको स्वागतार्थ एस क्यू सी गीत गायन प्रस्तुत गरेका थिए भनेस्मल हेभन मोडल स्कूलका विद्यार्थीहरुको सांस्कृतिक समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए।विजेता सम्पूर्ण विद्यार्थीहरुलाई चितवन हब संयोजक ओमराज मैनाली र सह-आयोजक स्मल हेभन मोडल स्कूलका प्राचार्य विमल कुमार क्षेत्रीले पदक तथा प्रमाण पत्र वितरण गरेका थिए।
एस क्यू सी अर्थात् विद्यार्थी गुणीय चक्र अन्तर्गत हरेक विद्यालयमा कक्षा ६-१० का विद्यार्थीहरुमध्येबाट ६ देखि १० जनाको समूह निर्माण गरी वैज्ञानिक पद्दतिको अवलम्बन गर्दै विद्यालयमा व्याप्त समस्याहरुको पहिचान, कारण र निदान खोजिन्छ। क्वेष्ट-नेपालको आयोजना र स्मल हेभन मेडेल स्कूलको सह-आयोजनामा यसवर्षको एस क्यू सी राष्ट्रिय अधिवेशन २०२३ सौराहामा आगामी मंसीर ८, ९ र १० गते आयोजना हुँदैछ।



उज्यालो खबर




