गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम चोक बस्दै आएकी २३ बर्षीया कञ्चन कुमालले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।
आज दिउसो ३ वजे श्रीमान् सँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
आगलागीबाट गम्भिर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । ती महिलाको शरिरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ ।



उज्यालो खबर

