×

चितवन । चितवनको खैरहनी नगरपालिकाका कार्यकारी फेरिएका छन् । लामो समयदेखि खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका पुरुषोत्तम शर्माको सरुवा भएको हो ।
शर्माको सरुवा भएसँगै खैरहनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा विष्णुप्रसाद सापकोटा आउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा कार्यरत सापकोटाले बुधबारदेखि कार्यभार सुरु गर्नुभएको छ ।
खैरहनीका नगरवासीको बृहत्तर हितको लागि आफुुले सकेको काम गर्ने उहाँले बताउनुभयो । खैरहनी नगरपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि शर्मालाई विदाई र सापकोटालाइ स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया