गैँडाकोट । नवलपरासी (पश्चिम) को बर्दघाटमा एक बृद्धले आत्महत्या गरेका छन् । बर्दघाट नगरपालिका वडा नं. १६ शितलनगर घर भएका ६६ वर्षका गोरे गिरीले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।जिल्ला प्रहरी नवलपरासीका अनुसार गिरीले आफ्नै घरको काठको बलोमा नाइलनको डोरीले पासो लगाइ आत्महत्या गरेका हुन् । आज विहान पौने १२ वजे गिरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमती सहित बस्दै आएका उनका एउछा छोरा गाउँममा अलग्गै बस्ने गरेको र अर्का एक छोरा रोजगारीको शिलशिलामा देश बाहिर रहेको बुझिएको छ । बृद्धले किन आत्महत्याको बाटो रोजे भन्ने विषयमा यो खबर तयार पार्दासम्म कुनै जानकारी प्राप्त गर्न सकिएको छैन । देशका विभिन्न जिल्लाहरुमा आत्महत्याका घटनाहरु पछिल्लो समय बढ्न थालेका छन् ।



उज्यालो खबर




