चितवन । चितवनको अरोमा कलेजले कक्षा १२ को व्यवस्थापनमा यस वर्ष उत्कृष्ट नतिजा ल्याएको छ ।कलेजका विद्यार्थीहरुले व्यवस्थापन संकायतर्फ हालै प्रकाशित कक्षा १२ को नतिजामा जिल्लाकै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका हुन् ।
कलेजका कार्यक्रम निर्देशक नेत्र भुसालका अनुसार कलेजका शिशिर रानाभाटले कक्षा १२ मा व्यवस्थापन संकायतर्फ ३.८६ जीपीए ल्याएका छन् । त्यसैगरी सन्तोष भट्टराईले ३.७८ जीपीए, सुजित थापा र सुस्मिता भट्टले समान ३.७३ जीपीए ल्याएका छन् । उनीहरु चार जनानै जिल्लामा व्यवस्थापन कक्षा १२ मा पहिलो , दोस्रो र तेस्रो हुन सफल भएको भुसालले जानकारी दिनुभयो ।
त्यसैगरी विज्ञान संकायतर्फ कक्षा १२ मा ३।८२ जीपीए ल्याएर सुदिप खनालले कलेजमा पहिलो हुन सफल भएका छन् । सिजन खड्का र दिव्य गौतमले समान ३.८१ जीपीए ल्याएर कलेजको दोस्रो र शुभम् उपाध्याय र गंगा श्रेष्ठले ३.७५ जीपीए ल्याएर कलेजको तेस्रो भएको कार्यक्रम निर्देशक भुसालले बताउनुभयो ।



उज्यालो खबर




