चितवन। राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० सालमा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा सहित जिल्ला प्रथम र जिल्ला तृतीय हुन सफल गुरुकुल कलेजले विद्यार्थीहरूलाई आज सम्मान गरेको छ ।
सो अवसरमा जिल्ला प्रथम हुन सफल समीर शर्मा पौडेल र जिल्ला तृतीय हुन सफल रसिम सुनारले उत्कृष्ट शिक्षण विधि, विद्यार्थी मैत्री वातावरण र नियमित रुपमा सञ्चालन हुने कक्षाहरूको कारण यो स्थान हासिल गर्न सफल भएको र आगामी दिनमा पनि गुरुकुलको नाम उच्च राख्न यसै गरी मिहिनेत जारी राख्ने कुरा व्यक्त गरे ।



उज्यालो खबर




