चितवन । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले स्नातक तहका लागि बिएचएम र बीसीएस (आइटी)मा भर्ना आह्वान गरेको छ । राजधानी बाहिर एकमात्र साइबर सेक्युरिटी पढाइ हुने फोर्ब्स कलेजले बीसीएस (आइटी) सहित बिएचममा भर्ना खुल्ला गरेको हो ।
कलेजका प्राचार्य हरिशरण पाठकले बुधवारदेखि फोर्ब्सले कक्षा १२ पास गरेका विद्यार्थीहरुका लागि भर्ना प्रकृया सुरु गरिएको जानकारी दिनुभयो । हामिले विहानी र दिवा सत्रका लागि भर्ना खुल्ला गरेका छौ, प्राचार्य पाठकले भन्नुभयो । विहान ७ वजेदेखि अपरान्ह ५ वजेसम्म कलेजको लेखा शाखामा सम्पर्क राखि विद्यार्थीहरुले आफुले रोजेको विषयमा भर्ना हुनसक्ने कलेजले जनाएको छ ।

कलेजले सुरु गरेको साइबर सेक्युरिटी कोर्षमा विद्यार्थीको आर्कषण बढेर गएको छ । ‘यही कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ , नेपालको युनिभर्सिटीले नपढाएको शिक्षा हामीले प्रदान गरिरहेका कलेजका प्राचार्य पाठकले भन्नुभयो -‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ।’ सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाइ कस्तो होला भन्नेमा विद्यार्थीमा अन्योलता थियो । पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उहाँ बताउनुहुन्छ ।

‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन, उहाँले भन्नुभयो । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरू, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटी अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् ।
भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुरमा अवस्थित फोर्ब्स कलेजले हालैमात्र आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको थियो । विभिन्न डेढ दर्जन सूचकहरु पुरा गर्दै कलेजले आइएसओ मान्यता प्राप्त गर्न सफल भएको हो । युके इन्टरनेशल सर्टिफिकेशन लिमिटेडले फोर्ब्सलाई आइएसओ मान्यता प्रदान गरेको हो ।
विस २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजमा ब्याचलर अफ होटल म्याजेजमेन्ट र ब्याचलर अफ कम्प्युटर साईन्स (नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी) मा पढाई हुदै आएको छ । फोर्ब्स कलेज राजधानी बाहिर साइबर सेक्युरिटी पढाइहुने एकमात्र कलेज हो ।




उज्यालो खबर




