×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मंगलादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ स्टेशनरी वितरण गरिएको छ । किसान बचत तथा ऋणसहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुका लागि झोला, कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्च नियन्त्रण गरि सामाजिक सेवामा योगदान दिनको लागि सरकारी विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

स्टेशनरी सामाग्री वितरण कार्यक्रममा लायन्सक्लवका राजेन्द्र गौतम, गैँडाकोट वडा नं. ८ का अध्यक्ष प्रेमप्रसाद सापकोटा, वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारी, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा समाजसेवी श्रीहरि चालिसेका जिवनसाथी पवित्रा चालिसे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण लायन्सक्लव अफ मौलाकालिकाले गरेको थियो ।गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानका सदस्य समेत रहेका समाजसेवी श्रीहरि चालिसे लायन्सक्लव अफ मौलाकालिका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया