×

गैँडाकोट । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि नवलपुरको गैँडाकोट नगरपालिकाले बिहिवार र शुक्रबार विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।नगर शिक्षा समितिको आज बसेको बैठकले बिहिवार र शुक्रबार २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाइले बताए ।

बुधबार विश्व आदिवासी दिवशको अवसरमा गैँडाकोट नगरपालिकाले स्थानीय विदा दिने निर्णय यसअघिनै गरिसकेको छ । शनिबार नियमित विदा हुँदै आएको छ ।यो सँगै अबका ४ दिन विद्यालयमा पठनपाठन बन्द हुने भएको हो । विद्यार्थी, शिक्षक, कर्मचारलाई आराम पनि हुने र यसले आँखा पाक्ने रोगको सङ्क्रमण कम हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया