गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ३ ढोडेनीमा ग्रामिण सडक सुरक्षा सचेतना कार्यक्रम २०८० सम्पन्न भएको छ । पछिल्लो समयमा कालिगण्डकी करिडोरमा सडक निर्माण भएसँगै सवारी दुर्घटनाको आशंका पनि बढेकाले सडक दुर्घटना न्यून गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शनिवार ढोडेनीमा ग्रामिण सडक सुरक्षा सचेतना कार्यक्रम गरी सर्वसाधरणलाई सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी बारे जानकारी गराएको हो ।
सचेतना कार्यक्रममा बोल्दै प्रहरि बरिष्ठ नायव निरीक्षक लेखनाथ पुरीले सवारी चालकले सवारी साधन प्रयोग गर्दा सिट बेल्ट लगाउने, हेलमेटको प्रयोग गर्ने, लाइसेन्स प्राप्त ब्यक्तिले मात्र चलाउने र नियमको पालना गर्ने गरेमा सम्भावित दुर्घटना टर्नसक्ने सम्भावना बढी हुने बताउनु भयो ।
उहाँले जिल्ला ट्राफिक कार्यालय नवलपुरले जिल्लाबासीहरुको सुरक्षित यात्राका लागि संवेदनशील भएर दर्जनौं स्थानहरूमा यस प्रकारका सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सर्वसाधारण सहित गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, वडा नं २ तथा ३ का वडाध्यक्षहरू प्रकाश सापकोटा र शिवकान्त तिवारी लगायतको सहभागिता थियो ।



उज्यालो खबर




