गैंडाकोट । मौलाकाली सामुदायिक बन उपभोक्ता समूह गैंडाकोटले आफ्नो कार्यालय परिसरमा विभिन्न प्रकारका जडिबुटीका बिरुवाहरु रोपेको छ । आ.व ०८०/८१ को वृक्षरोपण कार्यक्रम अन्तरगत समुहले शुक्रवार एक कार्यक्रमका बीच जडिबुटी सहित बिभिन्न जातका बोटबिरुवाहरू रोपेको हो ।
बृक्षारोपण कार्यक्रममा आफो मन्तव्य राख्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, सवडिभिजनल कार्यालय गैंडाकोटका प्रमुख सुर्य सिंह गुरुङ मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।



उज्यालो खबर

