गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा भोलि (शनिबार) प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० आयोजना हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवं नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा प्रथम गैंडाकोट साईकिलिङ्ग प्रतियोगिता २०८० हुन लागेको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।गैँडाकोटको कालिगण्डकी चोकदेखि सुरु हुने साईकिलिङ्ग वडा नं. ३ को श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय परिसरमा पुगेर समापन हुनेछ । यसको दुरी करिव ९ हजार ३ सय मिटर रहेको छ ।
‘स्वच्छ वातावरण स्वस्थ्य शरिर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने नगर युवा सञ्जाल गैंडाकोटका अधयक्ष रोशन दर्लामीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागि गैंडाकोट नगरपालिका सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ, इलाका प्रहरी कार्यालय गैंडाकोट, गैंडाकोट खेलकुद समिति लगायतले सहयोग गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, लियो क्लव अफ गैँडाकोट मौलाकालिकाका पूर्व अध्यक्ष प्रदिप सापकोटा र क्लवका सचिव सुगम पोखरेल लगायतले बोलेका थिए ।



उज्यालो खबर




