×

गैंडाकोट । गैंडाकोट ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङ्गलिस बोर्डिङ्ग स्कूल २०७९ को एसईई परीक्षाको नतिजा अनुसार नवलपुर जिल्लामा नै उच्च औसत जिपिए ल्याउने विद्यालय मध्येमा प्रथम हुन बन्न सफल भएको छ ।

विद्यालयको औषत जिपिए ३.३६ सहित जिल्लामा प्रथम हुन सफल भएको छ । त्यस्तै ३.६ जिपिए देखि ४.० जिपिए ल्याउने १३ जना विद्यार्थी संख्याको आधारमा पनि जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालयका सहायक प्राचार्य चुन्न पौडेलले जानकारी दिनु भयो ।

विद्यालयको यस नतिजा ल्याउन अहोरात्र खटिनुहुने शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा शुभचिन्तक सबैमा विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्नु भयो ।

तपाईको प्रतिक्रिया