×

गैँडाकोट । सरस्वती निकेतन सेकेन्डरी ईङ्गलिस बोर्डिङ्ग स्कूल गैंडाकोटले  दुई वटा ईन्टरनेश्नल अवार्ड प्राप्त गर्न सफल भएको छ । विद्यालयले पछिल्लो समय आईएसओ ९००१ः२०१५ र सीपिडी प्रोभाईडर अवार्ड प्राप्त गर्न सफल भएको हो । सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

विद्यालयका प्राचार्य भरतबाबु कंडेलले सरस्वती निकेतनको मिसन, भिजन र लक्ष्य स्पष्ट रहेकाले नै आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गरेको बताउनुभयो । उहाँले ३० वर्षको गौरव र शैक्षिक क्षेत्रमा विशेष योगदान गर्दै आएको हुनाले विद्यालय समुदायकै विद्यालय भएको बताए

विद्यालयले गुणस्तर व्यवस्थापन प्रक्रियालाई अगाडी बढाउँदै लगेपछि आइएसओ ९००१ः२०१५ मान्यता प्राप्त गर्न सफल भएको स्कूलका एकेडेमिक ईन्चार्ज कपिल लामिछानेले बताउनु भयो । यूकेमा स्थापित १ सय ५० देशमा सम्पर्क कार्यालय भएको यूएएसएलबाट विद्यालयले सो अवार्ड प्राप्त गरेको हो साथै विद्यालयले द सिपिडि गुरप अफ इन्टरनेशनल बाट सिपिडि प्रोभाइडर स्कुलको अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसे गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, गैँडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेल, स्कूलका सहायक प्राचार्य लक्ष्मण कंडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका माध्यमिक तहका प्रमुख रामकृष्ण कोईरालाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया